Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्य व्यवस्था परामर्श समितिको बैठक जारी, एमाले सहभागी भएन


    शुक्रबार, फाल्गुन ६ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा एमाले भने सहभागी छैन ।

    आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार