Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेयरमा २१ वर्षीय युवाकाे उम्मेदवारी घाेषणा


    शुक्रबार, फाल्गुन ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कैलाली । आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् ।

    स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय  भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा बदल्नकाे लागि स्वतन्त्र रुपमा राजनितिमा सक्रिय भएकाे भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् ।

    लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरुमाझ लाेकप्रिय छन् ।

    असहाय बालबालिकाहरुको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छ्न ।

    ‘यो समय समाजमा फरक सोच राख्ने ब्यक्तिहरुको लागि पनि सर्बेक्षणको समय हो । यो समय मत मात्रै  हाेइन मनको सर्बेक्षण गर्ने पनि समय हो ।’ भाटले भने ‘नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरुको लागि एउटा समय हो त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार