Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध लागूऔषध सहित ५ जना  पक्राउ


    आइतबार, चैत्र २ २०७६
    720
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौं, चैत २ ।

     काठमाडौं महानगरपालिका १४ कलंकीस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार एम्पुल, बुप्रेनोर्फिन नुफिन १ हजार एम्पुल र फेनरागन १ हजार एम्पुल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बीरगंज महानगरपालिका १३ बस्ने ५२ वर्षीया मैयादेवी श्रेष्ठ र सोही नगरपालिका १५ बस्ने २४ वर्षीया ज्योती बराल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

     
    कपिलवस्तु, शिवराज नगरपालिका ५ बाट लागूऔषध चरेश १८ केजी ५ सय ग्राम सहित सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो  । पक्राउ पर्नेहरुमा सोही ठाउँ स्थित डेरा गरी बस्ने दाङ हाँसीपुर गाउँपालिका २ बस्ने ३१ वर्षीय रमतुल्ला  मिंया, दाङ राप्ती गाउँपालिका १ बस्ने ४१ वर्षीय जितमान मिंया र रोल्पा सुनछहारी भित्रिगाम बस्ने ४१ वर्षीय गब्बी बुढा रहेका छन् । जिल्ला  प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएकोछ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार