Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महोत्तरीकाे विवादित क्षेत्रकाे अधिवेशन ८ फागुनमा


    बिहिबार, फाल्गुन ५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएकाे छ । विवादका कारण स्थगित भएको मनरासिस्वा नगरपालिका- ८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन ८ फागुनमा निर्वाचन प्रक्रियावाट टुंगो लगाउने तय भएको हो ।

    निर्वाचन कहाँ गराउने भन्ने विषय विवाद बढेपछि क्षेत्र नम्बर ३ को अधिवेशन पटक-पटक बिथोलिँदै आएको थियो । एक पक्षको पिपरामा गराउनुपर्ने अर्को पक्षको जलेश्वर गराउनुपर्ने अडानको कारण अधिवेशन स्थगित बन्दै आएको थियो । 

    अब भने पिपरा गाउँपालिकास्थित रामनारायण  विद्यालयको प्राङ्गणमा निर्वाचन गर्ने दुवै पक्षबी सहमति भएको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार