धनगढी। नेपाली कांग्रेको १३औं महाधिवेशन अन्तरगत यही फागुन १३ गते हुने जिल्ला अधिवेशलाई लक्षित गरी कोइराला पक्ष सक्रिय बनेको छ ।
संस्थापन पक्षले एकलौटी गरेको र पेल्ने मनसायका साथ अघि बढ्न खोजेको भन्दै कोइराला पक्षले छुट्टै टीमसहित उम्मेदवारी दिने बताएको छ ।
‘संस्थापन पक्षले सवैलाई मिलायर लैजानुभन्दा कसैलाई कारबाही गरेर कसैलाई बेवास्ता गरेर पार्टीलाई अगाडी बढाउन खोजिएको छ,’ कांग्रेसका पूर्व केन्द्रीय सदस्य चन्द्रसिंह भट्टराईले भने, ‘यसले पार्टीलाई झनै कम्जोर बनाउने देखिन्छ । यस्तो प्रवृतिलाई निरुत्साहित पार्न हामीले पार्टी सुदृढिकरण अभियान थालेका छौं ।’ नेतृत्वले गुटबन्दीलाई प्रोत्साहन दिएको, नेतृत्वमै पूवाग्रही सोच पलाएको भन्दै उनले त्यसले पार्टीलाई झनै कम्जोर बनाउने बताए । उनले नेपाली कांग्रेस कैलालीको अधिवेसनमा कोइराला पक्षबाट प्यानल सहति उम्मेदवारी दिने समेत बताए ।
कांग्रेस कैलालीका पूर्व सभापति गोविन्दराज जोशीले कांग्रेसलाई बलिाये बनाउन आफूहरू सक्रिय बनेको बताए । ‘हामी जिल्लाभरका कार्यकर्तासँग भेट गरिरहेका छौं,’ उनले भने, ‘कार्यकर्ता नेतृत्वको शैलीप्रति असन्तुष्ट बनेका देखिन्छन् । यसको समीक्षा हुनु जरुरी छ ।’ उनले जिल्ला अधिवेसनलाई लक्षित गरेर फागुन ५ गते कैलालीको लम्कीमा क्षेत्रनम्बर–१ र २ स्तरिय भेला गरिने, फागुन ६ गते घोडाघोडीमा क्षेत्रनम्बर–३ र ४ स्तरिय भेलागर्ने र फागुन ७ गते धनगढीमा क्षेत्रनम्बर–५ स्तरिय भेलाको आयोजना गरिने बताए । फागुन ७ गते धनगढीमा आयोजना हुने क्षेत्रनम्बर–५ स्तरिय भेलाबाट जिल्ला अधिवेशनका लागि उम्मेदवारी घोषणा गरिने उनले बताए ।
संस्थापनबाट सभापतमिा दुई जनाको उम्मेदवारी घोषणा, आकांक्षी धेरै
नेपाली कांग्रेस कैलालीको सभापतिका लागि संस्थापन पक्षबाट सभापतिमा दुई जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस कैलालीका निर्वतमान उपसभापति तथा कार्यबहाक सभापतिसमेत रहेका प्रकाश बम र महाधिवेसन प्रतिनिधि भीम बडुवालले औपचारिक रूपमा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
कार्यबहाक सभापतिसमेत रहेका बमले गत मंसिरमै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । बडुवालले पुसमा सभापतिका लागि उम्मेदरी दिने घोषणा गरेका थिए ।
सभापतिका आकांक्षी बमले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् । ‘जिल्ला अधिवेशनमा मेरो जित निश्चित छ,’ बमले मंगलबार पत्रकार सम्मेलन गर्दै भने, ‘त्यसैले मैले अर्को उम्मेदवारलाई समर्थन गरेको हल्ला जिल्लाभरि फैलाइएको छ ।’
भूमि आयोगको अध्यक्ष बनाउने निश्चित भइसकेको र अर्का उम्मेदवार नारायणदत्त भट्टलाई समर्थन गरेको भन्ने हल्ला चलाइएको उल्लेख गर्दे बमले भने, ‘मलाई अहिलेसम्म आयोगको अध्यक्ष बन्ने अफर आएको छैन । आए पनि म त्यसलाई स्वीकार गर्दैन । पार्टी राजनीतिमा सक्रिय हुन चाहन्छु ।’
सभापतिमा निर्वाचित भएर जिल्लामा कांग्रेसको संगठनलाई बलियो बनाउन र आगामी निर्वाचनमा कैलालीमा कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने आफ्नो लक्ष्य रहेको बमले बताए । सभापतिमा रोक्नसक्ने संभावना नदेखेपछि केही उम्मेदवार र नेताहरूले यो हल्ला फैलाएको उनको आरोप छ । बाहिर चलाइएको हल्ला गतल भएकोले त्यसलाई आफूले खण्डन गरेको बमले बताए । सभापतिका उम्मेदवार बमले सबै क्षेत्रलाई मिलाएर आफूले एक/दुई दिनभित्रै टीम घोषणा गर्ने जानकारी दिए ।
पार्टीको केन्द्रले अहिलेसम्म कुनै उम्मेदवारलाई समर्थन नगरेको पनि उनले प्रष्ट पारे । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणाले कुनै उम्मेदवारलाई समर्थन गरिसकेको भन्ने हल्ला पनि झुठो भएको बमको भनाइ छ । अहिले सभापतिमा आकांक्षा देखाए सबै उम्मेदवार देउवा पक्षकै रहेका र केन्द्रले अहिलेसम्म कसैलाई पनि उम्मेदवार नतोकेको उनले बताए । उनले आफ्नो उम्मेदवारी कायमै रहेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेका थिए ।
फागुन १३ गते हुने जिल्ला अधिवेसनमा सभापतिका लागि संस्थापन पक्षमै धेरै आकांक्षी रहेका छन् । उनीहरूले हालसम्म उम्मेदवारी घोषणा भने गरेका छैनन् ।
संस्थापन पक्षबाटै सभापतिमा उम्मेदवारी घोषणा गरेका अर्का आकांक्षी बडुवाल अघिल्लो अधिवेशनमा सभापतिमा पराजीत उम्मेदवार हुन् । उनले आफू जिल्लाभर पार्टी संगठन निर्माण र कांग्रेसलाई गुटबन्दी रहित बनाउन निरन्तर लागेको हुँदा उम्मेदवारी दिने बताउँदै आएका छन् । ‘अघिल्लो अधिवेशनमा पनि प्राविधिकरुपमा निर्वाचनमा हारेर सभापति हुन सकेन,’ बडुवालले भने, ‘म स्वभाविकरुपमा त्यतिवेला देखिनै सभापतिको उम्मेदवार हुँ ।’
कांग्रेस कौललीको जिल्ला अधिवेसनमा संस्थापन पक्षबाट सभापतिमा अन्यले उम्मेदवारी घोषणा भने गरेका छैनन् । तर, सभापतिका लागि कैलाली क्षेत्रनम्बर–५ बाट महाधिवेशन प्रतिनिधि रहेका नारायणदत्त भट्ट पनि सशक्त उम्मेदवारका रुपमा रहेका छन् । यसका अलावा कैलाली क्षेत्रनम्बर–१ महाधिवेसन प्रतिनिधि तपेन्द्र रावलले पनि सभापतिमा आकांक्षा देखाएका छन् ।
कोइराला पक्षले संस्थापन पक्षमा धेरै आकांक्षी हुँदा कुनै एक समूहसँग मिलेर आफ्नो टीमलाई बलियो बनाउन सकिने बताएको छ । न्युज कारखाना
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend