Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीको विरोधमा प्रचण्ड र माधवका कार्यकर्ताले संसद भवन घेराउ गर्ने


    बुधबार, फाल्गुन ४ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना कर्पोरेशन (एमसीसी) सम्झौताको बिरोधमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भ्रातृ संगठनले संसद भवन घेराउ गर्ने भएका छन् ।

    आज बस्ने संसद बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेपछि माओवादीको युवा संगठन वाइसियल र नेकपा एसको विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसीको विरोधमा संसद भवन घेर्न लागेका हुन् ।

    सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्ने निर्णय गरिसकेको छ । माओवादी र नेकपा एसले भने यथास्थितिमा एमसीसी पास हुन नहुने बताइरहेको छ ।

    आजको संसदमा एमसीसी सम्झौता टेबल हुने सम्भावना छ । संसद बैठकभन्दा अघि बस्ने कार्यव्यवस्था समितिले आजको संसद बैठकको कार्यसूची तय गर्नेछ ।

    यस्तै एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् । यद्यपि बन्दको प्रभाव भने काठमाडौँ उपत्यकामा न्यून रहेको छ। 

    gherau.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार