Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • राप्रपाका भातृ संगठनहरु राप्रपा नेपालमा समाहित हुँदै


    मंगलबार, फाल्गुन ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ । राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय गरेको हो ।

    पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्न भएपश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक गरेसँगै आफूहरू पार्टीबाट अलग्गिने निर्णय गरेको संगठनकी ममता राईले बताइन् । उनले राप्रपामा नीतिमा क्रमिक विचलनको श्रृङ्खला बढ्दै गएको बताएकी छन् ।

    पार्टीमा नेतृत्वको वरीपरी घुम्नेहरूलाई मात्र पार्टीका हरेक निकायमा प्रोत्साहन गर्ने प्रवृत्ति हाबी भएको उनको आरोप छ । 

    273693842_4831634960253635_4529808265996136427_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार