Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी पास गर्न सबै दलले सहयोग गर्ने कांग्रेस उपसभापति गुरुङको विश्वास


    मंगलबार, फाल्गुन ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिनिधि सभामा मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) टेबल भएको खण्डमा पारित गर्न सबै दलले सहयोग गर्ने विश्वास लिएका छन् । 

    मंगलबार न्युज कारखानासँग कुरा गर्दै उपसभापति गुरुङले प्रमुख प्रतिपक्षी एमालेसहित सदनमा रहेका अन्य राजनीतिक दलले नैतितकता प्रदर्शन गरेर एमसीसी पारित गर्न सहयोग गर्ने बताए । 

    ‘एमसीसी प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको दललाई यसलाई पारित गर्ने उत्तरदायित्व पनि हुन्छ होला’ गुरुले भने । 

    एमसीसी प्रस्ताव तत्कालीन केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकार हुँदा संसद सचिवालयमा दर्ता भएको थियो । नेकपा अहिले विभाजित भएको छ । त्यससमय नेकपामा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वका दलहरुले अहिले एमसीसीको बिरोध गरिरहेका छन् भने एमालेले कुनै निर्णय गरेको छैन । 

    सत्तारुढ नेपाली कांग्रेसले भने एमसीसीलाई पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास लिएको बताएका छन् । तर भोलिको सम्भावित कार्यसूचीमा भने एमसीसी राखिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार