Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सामाजिक संजालमा देउवादेखि माधव नेपालसम्मलाई मनपरी गाली, मन्त्री आलेलाई बदनाम गर्ने जगत ओली को हुन् ? 


    मंगलबार, फाल्गुन ३ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग एक बर्ष अघि गरेको कुराकानीलाई सम्पादन गरी सार्वजनिक गर्ने अछामका जगत ओलीले नेपालका राजनीतिक दलका शीर्षनेताहरु प्रायः सबैको चरित्रहत्या हुने खालका सामग्री सामाजिक संजालमा राख्ने गरेको पाइएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अत्यन्त आपत्तिवनक तस्वीर जोडेर उनले सामाजिक संजालमा राखेका थिए ।

    भारतमा बसेर नेपाली नेताहरुलाई सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ताका रुपमा आफूलाई चिनाउँदै आएका जगत ओलीले निरन्तर रुपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उनलाई हप्काएको कुरा अहिले आएर चर्चामा ल्याइएको भन्दै मन्त्री आलेको सचिवालयले आपत्ति जनाएको छ । ओलीले मन्त्री आलेसँग पैसा समेत मागेर हैरान पार्ने गरेको उनको सचिवालयले जनाएको छ । 

    ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको नाक कोट्याएको तस्वीर राखेर अन्टसन्ट लेखेका छन् । उनले माधव नेपालको फोटो राखेर अति तल्लोस्तरको शब्द बोल्दै भिडियो शेयर गरेका छन् । सामाजिक संजाल फेसबुकमा ओलीले कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई बतास ग्रुपसँग जोडेर सेयर गरेका छन् । जसपा अध्यक्ष डा. बाबुराम भट्टराईको फोटो कुकुरसँग जोडेर ओलीले सामाजिक संजालमा राखेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्ष्पकमल दाहाल ‘प्रचण्ड’लाई अति असभ्य गाली उनले गरेका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई खाते भनेका छन् । 

    ओलीले तल्लोस्तरमा कुरा गरेर अत्यन्त तनाव दिएपछि मन्त्री आलेले आवेशमा आएर एक बर्षअघि बोलेको कुरालाई अहिले विवादमा ल्याउन खोजिएपछि उनको सचिवालयले आपत्ति जनाएको छ । मन्त्री भएपछि आलेले बोलेको जस्तो गरी नेकपा एमालेका साइबर सेनाले विवादमा ल्याउन खोजेका छन् ।  नारायणहिटी संग्रहालयमा बतास ग्रुपले बनाएको क्यान्टिनको अनुमति खारेजदेखि भारतले बनाइदिएको पशुपति धर्मशाला आनन्द होटललाई दिएको इजाजतपत्र पनि रद्द गरिदिएका छन् । आनन्द बतासको समूहले जगत ओलीजस्ता ब्यक्तिको संवादलाई भाइरल बनाउन सबै शक्ति खर्चिएका छन् ।  

    होटल याक एण्ड यतिमा संचालित क्यासिनोले ४२ करोड राजस्व नतिरेकाले इजाजतपत्र रद्द गरेपछि राधेश्याम सर्राफहरु पनि मन्त्री आलेको बिरुद्धमा लागेका छन् । मन्त्री आलेले क्यासिनोबाट असुली हुन बाँकी अरबौं राजस्व असुलीको प्रक्रिया अगाडि बढाएपछि क्यासिनो माफिया रक इन्टरनेशनलका किशोर सिवलाल र ह्याप्पी होमका सुरेन्द्रबहादुर सिंह पनि उनलाई हटाउन सकिन्छ कि भनेर जगत ओलीजस्ता ब्यक्तिको अडियो सेयर गरिरहेका छन् । होटल याक एण्ड यतिमा संचालित क्यासिनो सुरेन्द्रबहादुर सिंहको हो । किशोर सिलवालले क्यासिनो रयाड संचालन गर्दाको करोडौं राजस्व तिर्न बाँकी छ । रक इन्टरनेशनअन्तर्गत नेपालगंज, भैरहवा, बीरगंज र काँकडभित्तामा ४ वटा मिनि क्यासिनो संचालनमा छन् ।    

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार