Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा, प्रचण्ड र माधवकुमारबीच भेटवार्ता, प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे छलफल


    मंगलबार, फाल्गुन ३ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार बिहान छलफल भएको हो । 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच प्रधानन्यायाधीश चोलेन्द्र संशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए । 

    बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्ने नगर्ने बिषयमा पनि छलफल भएको छ ।

    देउवाले आफ्नो पार्टीको बैठकमा सहभागी हुनुअघि प्रचण्ड र नेपाललाई छलफलको लागि बालुवाटार बोलाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार