बुटवल । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एक समारोहबीच एमाले उपाध्यक्ष विष्णु पौडेलले गाउँपालिका अध्यक्षद्वयलाई पार्टीमा स्वागत गरेका हुन् ।
माओवादी केन्द्रबाट ओमसतिया गाउँपालिकाको अध्यक्ष बनेका हिरा केवट र उपाध्यक्ष सुन्दरमती हरिजन तथा जनता समाजवादी पार्टीबाट गत स्थानीय निर्वाचनमा अध्यक्ष जितेका रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गरेका अध्यक्षद्वयले तराईको राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने नेता कार्यकर्तालाई समेत प्रवेश गराएका छन् । एमालेले रुपन्देहीको धकधईमा आयोजित एक समूहबीच पार्टी प्रवेश गराएको हो । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार ओमसतियाको सिंगो माओवादी कमिटी एक हजार २०० सदस्यसहित एमालेमा प्रवेश गरेको छ ।
त्यस अवसरमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले एमालेले आगामी स्थानीय तहको निर्वाचनमा बहुमत स्थानमा जित हासिल गर्ने बताए । ‘२०७४ सालमा जस्तै एमालेको देशव्यापी जनलहर बढेको छ, यसबाट आगामी निर्वाचनमा बहुमत स्थानमा विजयी हुने संकेत देखिएको छ,’ उनले भने ।
उपाध्यक्ष पौडेलले वर्तमान सत्ता गठबन्धन निर्वाचन भाँड्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने दिशामा उद्यत रहेको आरोप लगाउँदै त्यसैको पहिलो प्रहार न्यायालयमा परेको बताए । प्रधानन्यायाधीशमाथिको महाभियोग गठबन्धनको राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यले ल्याएको र यसले प्रतिपक्षीसँगको दूरी बढाएको भन्दै यसको एमालेले सशक्त प्रतिरोध गर्ने बताए । ‘राजनीतिक स्वार्थको प्रयोग न्यायालयमा गरियो, यसबाट गठबन्धनले गलत संस्कार र प्रवृत्तिको सुरुवात गरेको छ,’ उनले भने ।
उपाध्यक्ष पौडेलले कुनै पनि बहानामा निर्वाचन भाँड्ने षडयन्त्र भए त्यसलाई स्वीकार गर्न नसकिने पनि बताए । एमाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको पनि पौडेलको भनाई छ ।
एमाले सचिव छविलाल विश्वकर्माले स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गरी बहुमत स्थानमा विजयी हासिल गर्न सक्षम रहेको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend