Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गठबन्धनलाई एमालेको सुझाव- एमसीसीबारे एकीकृत धारणा ल्याउनुस्


    सोमबार, फाल्गुन २ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले एमसीसीबारे एकीकृत धारणा ल्याउन सत्तारुढ गठबन्धनलाई आग्रह गरेको छ । 

    नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता तथा अध्यक्ष केपी ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनले एकीकृत धारणा ल्याउनुपर्ने बताएका हुन् । 

    ‘बैठकमा सांसदहरूले महाअभियोग प्रस्ताव र एमसीसीबारे पार्टीको धारणा आउनुपर्ने बताउनु भयो । उहाँहरूको कुरा सुनेपछि अध्यक्ष ओलीले गठन्धनको एकीकृत धारणा आउनुपर्ने बताउनुभयो,’ प्रमुख सचेतक विशाल भट्टराईले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘गठबन्धनको एकीकृत धारणा नआउँदासम्म एमाले पर्ख र हेरको अवस्थामा बस्छ ।’ 

    एमसीसीकाबारेमा सत्तारुढ गठबन्धनआवद्ध दलकै फरक फरक धारणा रहेको भन्दै एमालेले अहिले नै एमसीसीबारे आफ्नो पार्टी स्पष्ट धारणा नल्याउने बताएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार