Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पक्षमा उभियो जनमोर्चा


    आइतबार, फाल्गुन १ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद्मा दर्ता गरिएको महाभियोग प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएको छ ।

    जनमोर्चा उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू महाभियोगको पक्षमा रहेको जनाएकी छन् । ‘संसदमा दर्ता भएको महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसद्मा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु,’  उपाध्यक्ष पौडेलले विज्ञप्ति जारी गर्दै भनेकी छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले आइतबार संसद्मा प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि जनमोर्चाकी उपाध्यक्षको उक्त अभिव्यक्ति आएको हो । प्रतिनिधि सभामा जनमोर्चाका एक सांसद छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार