बिरादत्त भट्ट
दार्चुला । नेपाली कांग्रेस दार्चुलाले एक जना पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । दार्चुलामा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई न्यायाधीशका लागि नेपाल सरकारलाई पार्टीको तर्फबाट आवश्यक पहलकदमी गर्ने निर्णय गरिएको कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले बताए ।
दार्चुलाबाट प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू कानुनमन्त्री भएका बेला पार्टी निकट रहेका साउँलाई न्यायाधीशमा चयनका लागि सिफारिस गर्ने निर्णय भएको छ । न्याय जस्तो स्वतन्त्र र पवित्र संस्थामा पार्टीले यसरी सिफारिस गरेको भन्दै पार्टीकै नेता तथा कार्यकर्ताले आक्रोश पोखिरहेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस दार्चुलाको उपसभापतिको उम्मेद्वारसमेत रहेका युवा नेता उमेश खत्रीले लेखेका छन् । ‘न्याय सेवा जस्तो गरिमामय क्षेत्रमा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई नेपाली कांग्रेस दार्चुलाले न्यायाधीशको लागि सिफारिस गर्नका लागि न्यायाधीश पद तपाईंले जिल्ला कोषाध्यक्ष मनोनीत गरे जस्तो पद हो ? कांग्रेस दार्चुला मा लोकतन्त्र को समाप्त भएकै होर ?’
बैठकले अधिवक्ता साउँदलाई न्यायाधीशका लागि सिफारिससँगै विभिन्न निर्णय गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाको दोस्रो बैठकमा प्रस्तुत गरिएका १५ प्रस्तावमा विविध निर्णय गरिएको पत्रकार सम्मेलन गरी कांग्रेस दार्चुलाले जानकारी दिएको छ ।
जसअनुसार कोषाध्यक्षमा महाकाली नगरपालिकाका मेयर हंसराज भट्टलाई चयन गरिएको छ भने पार्टी प्रवक्तामा माधव प्रसाद भट्ट, सामाजिक विभाग संयोजकमा ललित सिंह ठगुन्ना, आर्थिक नीति तथा योजना विभाग संयोजकमा हंसराज भट्ट, कृषि तथा भूमिसुधार संयोजकमा भानसिंह धामी, युवा तथा खेलकुद विभाग संयोजकमा श्याम सिनाल, महिला विभागमा राजु अवस्थी तथा भातृ संघ संस्था समन्वय विभागमा दानसिंह तिंकरीलाई चयन गरिएको पार्टी सभापति बोहराले बताए । न्युज कारखाना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend