Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेस प्रवक्ता महत भन्छन्- एमसीसीबारे संसदमा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्छ


    शुक्रबार, माघ २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे संसदमा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने  बताएका छन् ।

    शुक्रबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।

    परियोजनामा त्रुटि भए संसदबाटै जनतालाई बुझाउनुपर्ने उनले बताए । सभामुखले एमसीसीसम्बन्धी प्रस्ताव बहाना नबनाइ अघि बढाउनुपर्नेमा उनले जोड दिए । एमसीसीबारे अनर्गल प्रचार गरेर भ्रम छर्ने काम भएको उनको भनाइ छ । 

    ‘सत्यको मुख बन्द भयो भने झुटोको मुख चल्छ । एमसीसीबारे त्यस्तै भएको छ । अब, एमसीसीबारे वहस गर्नुपर्ने ठाउँमा हुन सकेको छैन । झुटो प्रचारले जनतामा भ्रम छरिएको छ,’ उनले भने ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार