काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले त्यागेर नवलपरासीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसमा प्रवेश गर्नेमा लोसपाका नेता नगेन्द्र अग्रहरि रहेका छन् । उनी लोसपाका नवलपरासी जिल्ला वरिष्ठ उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष हुन् । उनी २०७४ को प्रदेश सभा सदस्य पदका उम्मेदवारसमेत रहेका थिए । यस्तै लोपाका नवलपरासी जिल्ल सचिव जयप्रकाश सहनी, मनोजकुमार गिरी, माया अग्रहरि र धिरज शर्मा रहेका छन् ।
यस्तै नेकपा एमाले रामग्राम नगर समितिका सदस्यलगायत नेताहरू पनि कांग्रेसमा प्रवेश गरेको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए ।
उनीहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको सदस्यता प्रदान गरेका थिए ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend