Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओली- कोइरालाबीच के भयो कुराकानी ?


    मंगलबार, माघ २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन् । 

    उनी ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ बालकोट पुगेको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । 

    ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको थपलियाले जानकारी दिए । 

    पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् । 

     यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए । 
    त्यस्तै एमालेले प्रतिनिधि सभा निरन्तर अवरुद्ध गर्दै आएको विषयमा पनि दुई नेताबीच कुरा भएको थियो । 
    थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रुपमा सकिएको छ ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार