काठमाडौं । गृहजिल्ला मकवानपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष कमल थापालाई झन्डै एक सय केन्द्रीय सदस्यले साथ दिने दाबी गरिएको छ ।
गत महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले मंगलबार पार्टी परित्याग गरेका हुन् ।
गत महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही र भुवन पाठकसहित थापा पक्षबाट निर्वाचित ८० भन्दा बढी केन्द्रीय सदस्यले नयाँ पार्टी खोल्नलाई साथ दिने भएका हुन् ।
‘गत महाधिवेशनवाट तीनजना उपाध्यक्ष, एकजना महामन्त्री र एक सय ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए, ती सबै हामीसँगै रहने छन्,’ थापानिकट स्रोतले भन्यो, ‘हिजोको काठमाडौं भेलामा पनि झन्डै ६० केन्द्रीय सदस्यको उपस्थिति थियो, अचानक भेला गर्नुपर्ने भएकाले सबै आउन नभ्याएका हुन् ।’ उनका अनुसार थापा पक्षधर गत महाधिवेशनमा निर्वाचितमध्ये ८० जनाले साथ दिने प्रतिबद्धता जनाइसकेका छन् भने नयाँ दल दर्ता गर्ने अवस्थासम्म धेरै थपिने देखिएको छ ।
केन्द्रीय सदस्यहरू जयन्त चन्द, राजीव पराजुली, तोरण गुरुङ, राम थापा, दीपकबहादुर सिंह, सुशील श्रेष्ठ, राजाराम बर्ताैला, तेज कुरवान, विक्रमबहादुर थापा, जयकुमार खड्का, इन्द्र चित्रकार, वसन्तमानसिंह अधिकारी, गणेश चन्दलगायत नेताहरू थापा समूहमा रहने भएका छन् ।
राप्रपा नाम नरहने, नयाँ नाम राखिने
पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि थापाले आफूनिकट नेताहरूसँग छलफल चलाउने भएका छन् । गृहजिल्लाबाट पार्टी परित्याग घोषणा गरेर काठमाडौं फर्किरहेका थापाले नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि छलफल चलाउने केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । ‘तर नयाँ पार्टीको नाम राप्रपा रहँदैन, हामीले राप्रपा नाम राख्न पनि हुँदैन, त्यसैले नयाँ नाम तय गरेर दल दर्ता हुनेछ,’ उनले भने, ‘राप्रपा विभाजन नगर्ने तर अन्य नाममा नयाँ दल दर्ता गर्ने सोचमा कमल थापा हुनुहुन्छ, त्यहीअनुसार छलफल चल्नेछ ।’ उनका अनुसार अधिकांश जिल्ला अध्यक्षहरू पनि थापाको पक्षमा खुल्ने छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend