काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका १३ वटा भ्रातृसंगठन सबैको म्याद सकिएको छ । १८ वटा शुभेच्छुक संस्थामध्ये चारवटाको मात्रै अवधि बाँकी छ । केही भ्रातृसंघले अधिवेशनको तयारी गरेको बताएका छन् । केहीको नेतृत्व दुई दशकदेखि फेरिन सकेको छैन ।
दुई महिनाअघि पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनबारे छलफल गर्ने तय गरेको छ । पार्टीको आगामी बिहीबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरू र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाका सम्बन्धमा छलफल गर्ने तय भएको छ ।
नेपाल किसान संघको अधिवेशन २० वर्षदेखि हुन सकेको छैन भने नेपाल प्रजातन्त्र सेनानी संघको पनि २० वर्षदेखि नै नेतृत्व फेरिन सकेको छैन । महिला संघले विधानतः चार वर्षे समयवधि सकिएर अघिल्लो वर्ष नै अधिवेशन गर्नुपर्ने भए पनि गर्न सकेको सकेको छैन ।
नेपाल तरुण दलमा २०७३ सालमा भएको अधिवेशनपछि आएको जितजंग बस्नेत नेतृत्वको कार्यसमितिको समयावधि २०७६ सालमा सकिएको छ । यसलाई पनि समय थप्दै जीवित राख्ने प्रयास भइरहेको छ । नेपाल विद्यार्थी संघको २०७३ भदौमा काठमाडौंमा सम्पन्न ११औँ अधिवेशनमार्फत अध्यक्षमा नैनसिंह महर निर्वाचित भएपछि विधानतः प्रक्रियागत ढंगले नेविसंघले नेतृत्व पाउन सकेको छैन । महरको कार्यकाल सकिएपछि समय थप गरेर उनको कार्यकाल केही समय लम्ब्याइएको थियो । त्यसमा विवाद भएपछि पार्टीले २०७६ सालमा राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिले अहिलेसम्म पनि अधिवेशन गराउन सकेको छैन ।
नेपाल दलित संघको अधिवेशन चार वर्षदेखि हुन नसकेको संघका कोषाध्यक्ष हरिशरण नेपालीले जानकारी दिए । २०६३ सालमा तदर्थ समिति बनाएको राष्ट्रिय लोकतान्त्रिक अपांग संघले २०६६ सालमा पार्टीको भ्रातृसंघको रूपमा मान्यता पाएको हो । त्यसपछि अधिवेशन हुन नसकेको तदर्थ समितिका अध्यक्ष भोजराज श्रेष्ठले बताए ।
नेपाल ठाकुर समाजको अधिवेशन सात वर्षदेखि हुन छैन । पार्टीको महाधिवेशन सकिएकाले अब आफूहरूले अधिवेशन गर्ने तयारी गरेको समाजका अध्यक्ष अनिरुद्रप्रसाद ठाकुरले बताए । नेपाल मुस्लिम संघ र राष्ट्रिय मगर संघको पनि ६ महिनाअघि तीन वर्षे कार्यकाल समाप्त भएको छ ।
नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी तथा जनजाति संघ र नेपाल तामाङ संघको पनि अधिवेशन हुन सकेको छैन । यीमध्ये पाँचवटा भ्रातृसंगठनका प्रमुख पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए पनि भ्रातृसंस्थालाई रिक्त बनाएको तथा समयमा अधिवेशन सम्पन्न गर्न नसकेको भनेर कांग्रेस नेतृत्वको आलोचना भएको छ । केन्द्रीय सदस्य बन्नेमा महिला संघकी अध्यक्ष उमा रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार र दलित संघका मीन विश्वकर्मा छन् ।
यस्तै, पार्टीका १८ वटा शुभेच्छुक संस्थामध्ये चारवटाको मात्रै म्याद बाँकी रहेको पार्टी केन्द्रीय कार्यलयका सूचना अधिकारी केशव रिजालले जानकारी दिए । नेपाल ट्रेड युनियन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको म्याद बाँकी रहेको छ भने अरु सवैको अधिवेशन गरेर नयाँ नेतृत्व छान्नुपर्नेछ ।
नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, गैरसरकारी संस्था महासंघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ, लोकतान्त्रिक नेवा खल र डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसोसिएसनको म्याद सकिएको छ ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend