Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : गगन थापा


    मंगलबार, माघ २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाै‌ं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएकाे बताएका छन् ।

    सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहकाे निर्वाचन घाेषणा गरेसँगै आशंकाहरु हटेकाे थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,’ उनले लेखेका छन् ।

    ‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन,’ थापाले भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार