Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषदको बैठक आज बस्दै, चुनावको मिति घोषणा गरिने


    सोमबार, माघ २४ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आज सोमबार स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । 

    निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब आइरहेका बेला आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकिने सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आइतबार नै जानकारी दिएका थिए  ।

    निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने सरकारको तयारी रहेकाले निर्वाचनको विषयमा ढुक्क हुन पनि मन्त्री कार्कीको आग्रह थियो। 

    आयोगले स्थानीय तह निर्वाचन गर्न जेठ ४ गते बुधबारको दिन ७ सय ५३ तहमा एकैपटक निर्वाचन गर्ने प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्बाट मिति तोक्नका लागि आयोगले निर्णयका गृह मन्त्रालयमार्फत राय पनि पठाइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार