Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किन सगरमाथामा अवस्थित हिमनदीको बरफ तीव्र गतिमा पग्लिरहेछ ? यसको प्रभाव कस्तो ?


    आइतबार, माघ २३ २०७८
    720
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको नयाँ अध्ययनले औँल्याएको छ।

    यूनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरुले विश्वको सर्वोच्च हिमालमा अवस्थित ‘साउथ कोल ग्लेसीअर’ विगत २५ वर्षमा ५४ मिटर (१८० फिट) घटिसकेको पत्ता लगाएका हुन् ।

    बीबीसीका अनुसार समुद्रको सतहभन्दा झन्डै ७,९०६ मिटर उचाइमा रहेको उक्त हिमनदीमा पहिलो पटक बरफ जम्न लागेको समयभन्दा बरफ पग्लिने गति ८० गुना चाँडो छ।

    बढ्दो तापमान तथा तीव्र गतिमा चल्ने हावाका कारण तीव्र गतिमा बरफ पग्लिँदै र पातलिँदै गएको उनीहरुको भनाइ छ । अध्ययनमा सहभागी वैज्ञानिकहरूले झन्डै २,००० वर्ष लागेर बनेको बरफ सन् १९९० को दशकयता पग्लिएको पत्ता लगाएको बीबीसीले उल्लेख गरेको छ। 

    पछिल्लो समय हिमनदी पग्लिएको विषयमा व्यापक रूपमा अध्ययन गरिएको भए पनि यो उचाइमा रहेका हिमनदीहरूमा जलवायु परिवर्तनको प्रभावबारे भने विगतमा अध्ययन नगरिएको उनीहरुको दाबी छ। 

    तीव्र गतिमा बरफ पग्लिँदा “क्षेत्रीय र वैश्विक तहमा” विभिन्न किसिमका महत्त्वपूर्ण प्रभावहरू पर्न सक्ने उनीहरूको धारणा छ । रिपोर्टका अनुसार विश्वका झन्डै एक अर्ब मानिस पिउने पानीका लागि हिमपर्वतहरूमा निर्भर छन्।

    अनि उक्त क्षेत्रका वा विश्वका विभिन्न स्थानमा अवस्थति अन्य हिमनदीमा सगरमाथामा जसरी नै हिउँ पग्लियो भने पिउन र सिँचाइ गर्नका लागि तिनको पानी उपलब्ध गराउन सक्ने क्षमता व्यापक रूपमा घट्न सक्छ ।

    हिउँ र बरफको सतह घट्दा पर्वतारोहणमा पनि चुनौती थपिन सक्छ किनकभने आरोहीहरूले हिउँले नपुरेका चट्टानको सामना गर्नुपर्ने हुनसक्छ।जसका कारण पर्वतारोहण झन् कठिन बन्न सक्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार