Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेकाे प्रदेश अधिवेशन अब स्थानीय निर्वाचनपछि मात्रै


    बुधबार, माघ १९ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछिमात्रै गर्ने भएको छ ।

    बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेश अधिवेशन स्थानीय निर्वाचन पछिमात्रै गर्ने निर्णय गरे पनि बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ । 

    ‘स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ’, एमालेले भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार