Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले नेता कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश


    बुधबार, माघ १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराए । 

    कर्माचार्यले बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सच्चिन्छन् कि भन्ने आशाले एमालेमा बसे पनि त्यो सम्भव नहुने देखेपछि माधवकुमार नेपाललाई नै नेता मानेर आएको बताए ।

    २०५६ देखि २०६६ सालसम्म नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला सचिव रहेका कर्माचार्य २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालिन नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहेका उनी नेता नेपालले पार्टी विभाजन गरे पनि एमालेमै बसेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार