काठमाडौं । आगामी निर्वाचनका विषयमा छलफल गर्न बसेको पाँच दलीय गठबन्धनको बैठक कुनै सहमति जुटाउन नसकी सकिएको छ । बैठक आज बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।
प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह निर्वाचनको बारेमा पाँच दलीय गठबन्धनको बीचमा विगतदेखी निरन्तर छलफल भईरहेको छ । तर संविधान र स्थानीय तह निर्वाचन ऐन बाझिएका कारण कानून संशोधन गरेर निर्वाचन मिति तोक्नुपर्नेमा छलफल भईरहेको छ ।
बैठकमा संविधानसँग बाझिएका कानून संशोधन गर्ने विषयमा गठबन्धन दलबीच छलफल भएपनि सहमति जुटन नसकेको हो। कानून संशोधनको विषयमा पार्टीमा आन्तरिक छलफल पछि फेरि गठबन्धन बैठक बस्ने सहमति भएको छ । बैठक अपरान्ह ४ बजे बस्ने छ।
संविधानसंग बाझिएको ऐन संशोधन गरेर तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने अडानमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छ । तर प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्र एकमत छैन् । संविधान अनुसार बैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाइतर समूहको अडान छ ।
देउवा समूहले सबै राजनीतिक दलको सहमतीमै कानून संशोधन गरेरै निर्वाचन गर्नुपर्ने पक्षमा उभिदै आएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन बैशाखमै हुनुपर्ने अडान व्यक्त गर्दै आएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend