Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री देउवाको भूमिका: भित्तेघडीको पेण्डुलमझैँ, ‘घरी यता घरी उता’


    शुक्रबार, माघ १४ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । बरिष्ठ लेखक तथा बृहत् नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले राजनीतिक दलहरुका लागि पछिल्लो समय जटिल बन्दै गएको स्थानीय तहको निर्वाचनबारे व्यंगात्मक टिप्पणी गरेका छन्।

    लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भित्तेघडीको पेण्डुलमको संज्ञा दिए । पाँच दलीय सत्ता गठबन्धनका प्रमुख देउवा पुन: असक्षम सिद्ध हुँदै गएको संग्रौलाको भनाइ छ। 

    संग्रौलाका अनुसार स्थानीय तहको चुनाव कहिले गर्ने भन्नेबारे प्रधानमन्त्री देउवा आफैं अलमलमा छन् । उनलाई आफ्नै दल (कांग्रेस)का शेखर कोइराला र गगन थापाले बैशाखमै चुनाव गर्न दबाब दिएका छन् भने गठबन्धनको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावको मिति सार्न दबाब दिइरहेको बुझिन्छ।  

    यता, निर्वाचन आयोगले चुनाबकाे मिति ताेक्न सरकारलाई पत्र समेत पठाइसकेको छ। यिनै बिषयलाई लिएर संग्रौलाले ट्वीटरमा लेखेका छन्, देउवाको धूमिल नज भित्ते घडीकाे पेन्डुलमझैं घरी यता, घरी उता।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार