ललितपुर । एमालेभित्र बिद्रोहको क्रम जारी छ । केपी ओलीले जिल्ला अधिवेशनमा जबर्जस्ती बालकोटबाट तोकिएको नाम बाचन गर्न लगाएपछि काठमााडौं जिल्लामा उपाध्यक्ष बनाइएका नवराज पराजुलीले दीपक निरौला जस्ताको नेतृत्व स्वीकार्न नसकिने भन्दै सपथ नै गरेका छैनन् ।
पटक पटक चुनाव जितेका सांसद रामवीर मानन्धरलाई समेत अपमानित गर्दै बहुसंख्यक नेता–कार्यकर्ताको भावनाविपरीत शितलनिवास र बालकोटबाट दीपक निरौलाको नाम बाचन गर्न कृष्णगोपाल श्रेष्ठलाई बाध्य पारिएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बधाई समेत दिएका छैनन् ।
रामबीर मानन्धरले त दीपक निरौलालाई अध्यक्ष बनाउन खेलिएको हर्कतले काठमाडौं एमाले भद्रगोल भएको र अब चुनाव नै नजित्ने ठोकुवा गरेका छन् । पंचायनकालमा राजदरबारको जस्तै केपी ओलीको भारदारी सभाले मनलागी ढंगले दीपक निरौलालाई काठमाडौंको अध्यक्ष बनाएको आरोप मानन्ध।ले लगाएका छन् ।
काठमाडौंमा दीपक निरौलालाई अध्यक्ष बनाएकाले एमालेभित्र ठूलो असन्तुष्टि छ भने ललितपुरमा त बिद्रोह नै भएको छ । एमाले निर्माणका लागि महत्वपूर्ण योगदान गरेकाहरुलाई नेतृत्वमा आउनै नदिने अध्यक्ष केपी ओलीको एकसूत्रीय षडयन्त्रको शिकार भएका ललितपुर एमालेका नेता श्यामकृष्ण सिलवाल आज नेकपा (एकब्ीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।
सिलवाल एमालेका उपाध्यक्ष थिए । एमाले ललितपुरको गएको पुस २३ मा भएको जिल्ला अधिवेशनले उपाध्यक्ष सिलवाललाई सहमतिका साथ अध्यक्ष बनाउनुपर्ने पक्षमा निर्वाचन गर्न खटिएकी सुशीला नेपाल, प्रदेश र्सासद चेतनाथ संजेल, पूर्व अध्यक्ष मधुसुदन पौडेल थिए । तर बालकोटबाट ओलीले पुरुषोत्तम पौडेललाई अध्यक्षमा टीका लगाउन निर्देशन दिएपछि सुशीला नेपाल र हरिकृष्ण ब्यन्जनकारले त्यही निर्देशन मन नमाने पनि पालना गरेका थिए ।
सिलवाल ललितपुर एमालेका जनाधार भएका नेता हुन् । उनको गोदावरी नगरपालिकामा राम्रो पकड छ । २०७४ बैशाखमा भएको स्थानीय निर्वाचनमा उनी गोदावरी नगरपालिकाको मेयरका उम्मेदवार थिए । उक्त निर्वाचनमा उनले नेपाली काँग्रेसका गजेन्द्र महर्जनसँग २ हजार ७३३ मतले हारेका थिए । महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका थिए भने श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत पाएका थिए ।
जिल्ला अधिवेशनमा अघिल्लो कमिटीका उपाध्यक्ष सिलवाललाई अध्यक्ष बनाउनुपर्नेमा केपी ओलीको भारदारीसभाले पुरुषोत्तम आचार्यलाई सहमति भन्दै जबर्जस्ती अध्यक्षमा टीका लगाएपछि एमाले ललितपुरमा बिद्रोह सुरु भएको छ । सिलवालको बिद्रोहसँगै एमाले ललितपुर क्षेत्र नम्बर १ मा कमजोर भएको छ । यसअघि सिलवालकै कारण पूर्वडीआइजी नवराज सिलवालले एमालेमा प्रवेश गरेलगत्तै प्रतिनिधिसभामा चुनाव जितेका थिए । अब उनलाई चुनाव जित्न सहज छैन ।
बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend