Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन महिनामै सहसचिवको ३ पटक सरुवा


    शनिबार, चैत्र १ २०७६
    820
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, १ चैत ।

    सरकारले बढुवा भएका ३७ सहसचिवको पदस्थापन र ५ को सरुवा गरेको समाचार बिहीबार सार्वजनिक भयो । उक्त सूचीमा अर्थमन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेको नाम प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयमा थियो । उनलाई ४ दिनअघिमात्र मात्र अर्थमन्त्रालयले वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखबाट आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिएको थियो । 

    २०७६ पुस १७ मा श्रम तथा रोजगार मन्त्रालयबाट अर्थमन्त्रालयमा सरुवा भएका डा. घिमिरेलाई ३ महिनामै सरुवा गरी सरकारले २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

    सहसचिवहरुलाई मन्त्रालयको महाशाखा बुझ्न समेत नपाई ३ महिनामै सरुवा गरिएका घिमिरे एक दृष्टान्त मात्र हुन् । अर्थमन्त्रालयमा घिमिरेलाई अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाको प्रमुख बनाउने चर्चाका बीच उनको सरुवा २ नम्बर प्रदेशमा भएको छ ।

    अर्थ मन्त्रालयले तीन सहसचिवको जिम्मेवारी परिवर्तन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखमा धनीराम शर्मालाई जिम्मेवारी दिइएको छ । उनी नेकपा महासचिव केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दाका अर्थमन्त्री बिष्णु पौडेलका निजी सचिव थिए । सहसचिव बढुवापछि उनलाई ठूला करदाता कार्यालयको प्रमुख बनाइएको थियो । एनसेलसँग ७२ अर्ब पूँजीगत लाभकर असुली गर्न बिलम्ब गरेको आरोप उनीमाथि छँदैछ । बजेट महाशाखाको प्रमुखमा श्रीकृष्ण नेपाललाई ल्याउने चर्चा भए पनि शर्माले बाजी मारेका छन् ।  
    शर्मालाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखबाट बजेटमा लगिएको छ । 

    आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख यज्ञप्रसाद ढुंगेललाई राजस्व व्यवस्थापन महाशाखाको प्रमुखमा लगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही दिनअघि मात्रै अर्थ मन्त्रालय आएका सहसचिव केदारप्रसाद पनेरुलाई वित्तीय संघीयता व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । उनीसँगै अर्थ मन्त्रालय आएका सहसचिव भुपाल बराललाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । उनलाई कार्यालय तोकेरै सरुवा गरिएको थियो । जबकि मन्त्रालय अन्तर्गत सरुवा गरेपछि मात्र खटाउने प्रचलन थियो । तर बरालको हकमा कार्यालय तोकेरै सरुवा गरिएको बिषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि चर्चाको बिषय बन्ने गरेको छ । 
    अर्थ मन्त्रालयका अर्का सहसचिव यामलाल भुषालको जिम्मेवारी तोकिएको छैन ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार