काठमाडौँ, फागुुन ३० । चीनबाट फैलिएको प्राणघातक भाइरस कोरोना कोभिड–१९ को प्रकोप संसारभर देखिन थालेपछि नेपाल सरकारले वैदेशिक रोजगारीका लागि सबै मुलुकमा जाने नेपाली कामदारको अन्तिम श्रम स्वीकृतिमा आजदेखि लागु हुनेगरि रोक लगाएको छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले कोराना भाइरस कोभिड–१९ लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले तत्काल सबै मुलुकको लागि श्रम स्वीकृती दिन बन्द गरेकोछ ।
सरकारद्धारा गठित उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विहिबार बसेको बैठकले अर्को सुचना जारी नभएसम्मका लागि बैदेशिक रोजगारीका लागि दिइने सबै देशको अन्तिम श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।
कोरोना पछिल्लो समय खाडीमुलुकमा पनि महामारीका रुपमा फैलिन थालेको छ। अहिेलसम्म मध्यपूर्वी सबै देशहरुमा यसका संक्रमित बिरामी भेट्एिका छन् ।
केहिदिन अघिमात्रै कोरोनाको संक्रमण नियन्त्रण गर्न भन्दै कतारलेरकारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको थियो । त्यस्तै कोरोनाभाइरसको बढ्दो प्रकोपका कारण कुवेत सरकारले एयरर्पोट पनि कोरानाको भाइरसको संक्रमण नरोकिएसम्मको लागि पूर्णरुपमा बन्द गरेकोछ ।