Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओमिक्रोनको त्रास: हवाई उडान स्थगितसहित आंशिक निषेधाज्ञा जारी गर्ने सीसीएमसीको तयारी


    शनिबार, पुष २४ २०७८
    540
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । पछिल्ला केही दिनयता  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण निकै बढेको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोनको संख्या दिनहुँ बढिरहेको बेला नेपालमा पनि यसको संक्रमण निकै देखिएको हो । जसअनुसार शुक्रबार मात्रै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको थियो । यता, कोरोना संक्रमितको संख्या पनि सन् २०२२ लागेदेखिकै सर्वाधिक हिजै (९६८) जनामा भेटिएको थियो।

    कोरोना संक्रमणको जोखिम निकै बढेपछि सीमानाकाहरुमा कडाइ थालिएको सम्बन्धित जिल्लाका सीडीओहरुले बताएका छन् भने केही जिल्लाहरुमा संक्रमण बढेपछि विद्यालय नै बन्द भएका छन् । यसलाई दृष्टिगत गरी सरकारले उच्च सतर्कता अपनाइ अस्पतालहरुलाई तयारी अवस्थामा बस्न निर्देशन समेत दिइसकेको छ। 

    यस बिषयमा हिजो कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समिति (सीसीएमसीसी) को बैठक समेत बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानबारे जानकारी राख्दै सम्बन्धित निकायहरुलाई आवश्यक उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए।

    यस्तै,स्रोतका अनुसार बैठकमा सहभागी भएकाहरुले कोरोना पुन: बढ्दै गएको र यसले कालान्तरमा भयानक रुप लिन सक्ने भन्दै हवाई उडान सुरक्षा, सीमामा कडाइको विषय पनि उठाएका थिए । जसमा गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकाहरुमा भएका व्यवस्थापनहरुबारे जानकारी गराएका थिए। 

    यसैगरी, सीमा नाकामा कडाई गर्नेबारे पनि छलफल भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए । होल्डिङ सेन्टरको क्षमता वृद्धि गरेकोबारे ब्रिफिङ गर्दै उनले आवश्यक परेमा संक्रमणको जोखिमलाई  (चेन ब्रेक) रोक्न सीमा बन्द गर्न सकिने बताएका थिए। सीमानाकाबाट आवतजावत् गर्नेहरुको पीसीआर र एन्टिेजन टेष्टको दायरा बढाउने निर्णय समेत भएको मन्त्री खतिवडाको भनाइ छ। 

    शुक्रबारको सीसीएमसी बैठकमा ओमिक्रोनलाई कमजोर नठान्न बिश्व स्वास्थ्य संगठनले दिएको चेतावनीको बारेमा पनि कुरा उठेको स्रोतको भनाइ छ। डब्ल्यूएचओले पछिल्लो समय ओमिक्रोन निकै घातक रहेको भन्दै कमजोर नठान्न चेतावनी समेत दिएको  थियो । ओमिक्रोनबारे डब्ल्यूएचओले दिएको सल्लाहलाई पालना गर्नुपर्ने बैठकको निष्कर्ष रहेको बुझिएको छ। जसमा  सीमानाका बन्ददेखि उडान स्थगित र आंशिक निषेधाज्ञासम्म छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार