Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली फेसबुक खोलेर नर्सिङ परिषदको बदनाम  


    बिहिबार, फाल्गुन २९ २०७६
    745
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २९ फागुन । नेपाल नर्सिङ परिषद्ले केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आएका समाचारर टिप्पणीहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    परिषदका रजिष्टार विन्दा घिमिरेले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ–‘नेपाल नर्सिङ परिषद्ले सञ्चालन गर्ने नर्सिङ लाइसेन्स परिक्षाको विषयलाई लिएर यस परिषद्का सदस्यले पैसा वार्गेनिङ गरेको समाचार आएका छन् । यो सम्बन्धमा परिषद्ले सम्बन्धित सदस्यसँग सोधपुछ गरेको छ । उहाँले लिखित रुपमा यो बिषयमा परिषद्लाई जानकारी गराउनुभएको छ र आफ्नो ‘फेक’ आइडी बनाएर अपराधिक समूहले सोे कार्य गरेको परिषद्लाई जानकारी गराउनु भएको छ । साथै ‘फेक’ आइडी बनाउने समूहको पहिचान गरेर कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा उजुरी समेत दिइसकेको बताउनुभएको छ । साथै, पत्रकार सम्मेलनमार्फत् पनि आफ्ना भनाइ सार्वजानिक गरिसक्नुभएको छ । यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानविन गरिरहेको छ ।

    नेपाल नर्सिङ्ग परिषद्ले सञ्चालन गर्ने परीक्षा पूर्णत वैज्ञानिक निष्पक्ष र पारदर्शी हुने गर्दछ । परिषद् अन्तरगत एक परिक्षा समिति रहने व्यबस्था छ, विज्ञप्तिमा उल्लेख छ । यसका सबै प्रश्नहरु बस्तुगत हुन्छन् । उत्तरपुस्तिका ‘कोडिङ’ प्रणालीबाट तय गरिन्छ । परीक्षा केन्द्रबाट खामबन्दी भएर आएका उत्तरपुस्तिका परीक्षा समितिका सबै सदस्यहरुको रोहबरमा खोलिन्छ र जाँचका लागि स्क्यानिङमा हालिन्छ । स्कानिङमा हाल्ने वित्तिकै मेसिनले नै स्वतः यसको रिजल्ट दिन्छ । यसरी निस्कने रिजल्टको सबै प्रतिमा समितिका सबै सदस्यहरुले हस्ताक्षर गरेपछि मात्र त्यो रिजल्ट सार्वजानिक गरिन्छ । तसर्थ उत्तर पुस्तिका जाँचमा कसैको प्रभाव रहने प्रसङ्ग नै रहँदैन । यसर्थ, प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नहुने हुँदा यस्ता भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न हामी सम्बन्धित सबैलाई अपिल गर्दछौं ।

    राज्यको एउटा नियमनकारी निकायकारुपमा आफ्नो स्वच्छ छवि र प्रतिष्ठा कायम गर्दै आएको यस संस्थामाथि लगाइएको लान्छनाको घोर भत्सर्ना गर्दछौं । परिषद् र परिषदमा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संग्लनलाई छानबिनको दायरामा ल्याएर कडा कानुनी कारबाही गर्न नेपाल नर्सिङ परिषद्ले राज्यका सम्वन्धित निकायसमक्ष माग समेत गरेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार