Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पानीमा डुवेर दुई बालबालिकासहित तीन जनाको मृत्यु


    सोमबार, असार ८ २०७७
    625
    Shares
  • २ मिनेट पाठ
  • कपिलबस्तु । पाँच नम्बर प्रदेशमा पानीमा डुबेर दुई बालबालिका सहित तीन जनाको मृत्यु भएको छ । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार पानीमा डुवेर दाङ र कपिलवस्तुमा दुई बालबालिका सहित तीन जनाको मृत्यु भएको हो ।

    दाङमा आइतवार बेलुकी पाँच बजेतिर राप्ती नदीमा डुवेर गढवा गाउँपालिका २ पचाहा बस्ने ३५ बर्षीय दिनदयाल चौधरीको मृत्यु भएको हो । उनी राप्ती नदी तरेर खेत रोप्न जाने क्रममा सोही नदीमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।

    यस्तै कपिलवस्तुमा पानीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ बर्गदवा बस्ने उमेश थारुचौधरीको छोरी अन्दाजी ७ वर्षीया बालिका माया थारुचौधरीको आइतवार पानीमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । बिहान घर देखि बेपत्ता भएकी बालिकाको खोजतलास गर्दा घर देखि १०० मिटर उत्तरतर्फ रहेको आफ्नै माछा पोखरीको छेउमा पानीमा डुबि मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

    कपिलवस्तु नगरपालिका ३ करमपुरमा पनि एक बालकको पानीमा डुवेर मृत्यु भएको छ । सोही ठाउँका जयकरण केवटको छोरा ५ वर्षीय बालक आइतवार बेलुकी आफ्नै घरदेखि पूर्वतर्फ रहेको खेतको खाल्टोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार