Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको रोकथामबारे उपप्रधानमन्त्री पोखरेलले बोलाए उच्चस्तरीय बैठक


    बिहिबार, फाल्गुन २९ २०७६
    675
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २९ फागुन । चीनको कोरोना भाइरसको उद्गम देश चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन् । कम्तीमा १ सय ९ देशमा कोरोना भाइरस पुगेको छ । भारतले सबै विदेशीको भिसा रद्द गरिसकेपछि नेपालमा पनि कोरोनाको त्रास बढेको छ । भारतले विदेशीका लागि भिसा रद्द गरिसकेपछि नेपालको स्थलमार्गबाट आउने पर्यटकका लागि बाटो बन्द भएको छ । 

      नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको तेस्रो बैठक आज बस्दैछ । सर्वदलीय बैठकपछि आज बस्न लागेको उच्चस्तरीय समितिको बैठकले महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ । 

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक दिउँसो ४ः३० मा बस्ने समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको निजी सचिवालयले जनाएको छ । समितिले हिजो नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका विषयमा सर्वपक्षीय छलफल गरेको थियो । कोरोनाको त्रासका कारण स्कुल, कलेज सबै बन्द गर्नुपर्ने आवाज उठेको छ । सरकारले यसअघि नै चैत ५ गतेसम्म स्कुलको परीक्षा सक्न निर्देशन दिएको छ । स्कुलहरुले धमाधम परीक्षा लिइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार