Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाबाट नडराउनुहोस्ः मेयर शाक्य


    बिहिबार, फाल्गुन २९ २०७६
    590
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २९ फागुन ।

    इन्द्रायणी क्षेत्रको बिकास गुरुयोजना अन्तर्गत बिष्णुमती नदी किनारामा फल्चा सत्तलको लागि शिलान्यास भएको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आज सो सत्तलको शिलान्यास गर्नुभएको हो । 

    गएको माघ १५ गतेबाट निर्माण कार्यको थालनी गरिएको सत्तल आउँदो बर्षको मंसिर १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । १ करोड १७ लाख ४ हजार १ सय ७९ रुपैयाँ लागतमा मिलीजुली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले निर्माण गर्नेछ ।

    शिलान्यासपछि बोल्दै महानगरका प्रमुख शाक्यले सम्पदा निर्माण र पुननिर्माण कामलाई महानगरले प्राथमिकता दिएको बताउँदै महानगरको यो काममा बिरोधका आवाज सुनिनु अनौठो भएको बताउनुभयो । 
    सम्पदा व्यवस्थापनका कामबाहेक महानगरले पूरा गर्नुपर्ने दायित्व धेरै भएको बताउँदै उहाले भन्नुभयो –अहिलेको जल्दोबल्दो समस्या भनेको कोरोना (कोभिड — १९) को त्रास हो । यसबाट नडराउन तर सचेत भएर बस्न म सबै महानगरबासीमा अनुरोध गर्दछु । 

    कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सम्पदा पुननिर्माणका क्रममा वडाले जटिल खालको चुनौतीको सामना गर्नुपरिरहेको बताउनुभयो ।   कामपा–१७ का अध्यक्ष नवीन मानन्धरले सम्पदा पुननिर्माण गरेर जीवन्त सांस्कृतिक वडा निर्माणका लागि आफ्नो प्रयास कतै पनि अपुरो हुन नदिने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै इन्द्रायणी परिसर गुरुयोजना निर्माण सहयोग तथा समन्वय उपसमितिका संयोजक एवं कार्यपालिका सदस्य प्रेम पुजारीले यसका आवश्यक पर्ने समन्वयमा आफू सजग रहेको बताउनुभयो ।

    कार्यक्रममा, क्षेत्रगत स्थानीय बिकास आवश्यकता र व्यवस्थापनका साझेदारिताका बारेमा धारणा राख्दै नेकपा महानगर कमिटिकातर्फबाट निर्मल देउला, क्षेत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) का उपाध्यक्ष कुमारधर मानन्धर लगायतले स्थानीयको अभिभावक महानगर रहेकोले महानगरकै नेतृत्वमा पूर्वाधार र सामाजिक बिकासका काम हुने बताउनुभयो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार