काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले अध्यक्ष बाहेकका पदाधिकारी आइतबारबाट काठमाडौंमा सुरु गर्न लागेको राष्ट्रिय महाधिवेशनबाट चयन नगर्ने सम्भावना बढेको छ ।
राष्ट्रिय सम्मेलन आयोजना गर्ने भनेको माओवादी केन्द्रले उद्घाटन हुनुभन्दा केही घण्टामात्र अघि सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
उक्त राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले न्युज कारखानालाई जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई पदाधिकारीलाई पूर्णना दिन अनिच्छा व्यक्त गरेको स्रोतको दाबी छ ।
महाधिवेशन नेतृत्व चयन भन्दा पनि विचारको बहसमा केन्द्रीत गर्नुपर्ने प्रचण्डको भनाइ छ । उनले महाधिवेशनमा पेस गर्ने प्रस्तावसमेत स्थायी कमिटीमा पेस गरेका थिए र त्यहाँ प्राप्त सुझावका आधारमा त्यसलाई पूर्णता दिएका छन् ।
‘हामी अरु बुर्जुवा पार्टी जस्तो पद र नेतृत्वका लागि भन्दा पनि विचारको बहसमा केन्द्रीत हुँदैछौं,’ माओवादी केन्द्रका एक नेताले भने, ‘महाधिवेशनमा हामी समाजवाद यात्रा, विश्वराजनीति, वित्तीय पुँजीवाद, जलवायु परिर्वतन लगायका सवै विषयमा घनिभूत छलफल गर्ने छौं ।’
‘हामी नेतृत्वका लागि कुदाकुद गर्ने र त्यसका लागि गुटबन्दी गर्नेमा छैनौं’ उनले भने ।
बहस र छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको माओवादीले जनाएको छ । केहीलाई हलमा र केहीलाई टेन्टमा बहसको व्यवस्था गरिएको छ भने ८/९ वटा छलफल पार्टी कार्यालय पेरिसडाँडामा गर्ने तयारी माओवादी केन्द्रको छ ।
पदका लागि कुदाकुद नहुने सार्वजनिक अभिव्यक्ति दिए पनि पदाधिकारीमा नेताहरु आकांक्षी बढी हुँदा त्यसको व्यवस्थापनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती थपिएको छ । त्यससँगै उनले तत्कालका लागि अध्यक्ष र केन्द्रीय समिति मात्र चयन गर्ने र अन्य पदाधिकारी पछि घोषणा गर्ने तयारी गरेका हुन् ।
यसअघि २०६९ माघमा मकवानपुर जिल्लाको हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने तयारी प्रचण्डले गरेका छन् ।
प्रचण्डलाई चुनौती दिने नेतृत्व माओवादीमा तयार नभएकाले उनले चाहे अनुरुप हुनेमा शंका छैन ।
राष्ट्रिय महाधिवेशनमा नियमित प्रक्रियाबाट कूल एक हजार ४८३ जना प्रतिनिधि चयन भएका छन्। त्यसको कूल १० प्रतिशत मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । यस्तै सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।
यस्तै प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।
अध्यक्ष प्रचण्डले कूल १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि संख्या एक हजार ६३१ जना पुग्नेछ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend