काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र समावेशी सिद्धान्तलाई पूर्णरुपमा आत्मसात गरेर पार्टी सभापतिको हैसियतले सबैको भावनालाई समेटेर अघि बढ्ने बताएका छन्।
कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सबैलाई धन्यवाद दिदै मतदानमा आफूलाई भोट नहाल्नेको पनि प्रतिनिधित्व गरेर पार्टी सञ्चालन गर्ने धारणा व्यक्त गरे। उनले पार्टी सञ्चालनका लागि सबैको सहयोगको अपेक्षासमेत गरेका छन्।
सो अवसरमा प्रधानमन्त्री देउवाले कांगे्रसको १४औँ महाधिवेशनका क्रममा वडा तहदेखि केन्द्रसम्म भएको प्रजातान्त्रिक प्रक्रिया र प्रयोग नेपालका अन्य पार्टीमा विरलै भएको बताउँदै सच्चा मानेमा कांग्रेस प्रजातान्त्रिक पार्टीका रुपमा स्थापित भएको र जनतामा भिजेको उल्लेख गरे । आगामी दिनमा हुने तीनै तहका निर्वाचनमा कांग्रेस विजयी भएर सबैभन्दा ठूलो पार्टी बन्ने उनको भनाइ थियो ।
कांग्रेसले सफलतापूर्वक सबै तहका निर्वाचन सम्पन्न गरी सबै संरचनामा तल्लो तहदेखि नै महिलाको सहभागिता सुनिश्चित गरिएको अवगत गराउँदै सभापति देउवाले यस्तो समावेशी व्यवस्था सायदै अरु पार्टीमा नरहेको उल्लेख गरे । उनले भोलिका दिनमा पार्टीमा महिला मतदाताको सङ्ख्या वृद्धिमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गरे।
देउवाले महिलाका साथै आदिवासी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यकलगायत सबैको सहभागिता सुनिश्चित गरेर कांग्रेस समावेशी पार्टी बनेको बताए । साथै उनले विभिन्न चुनौतीका बाबजुद वडातहदेखि केन्द्रसम्मका अधिवेशन सम्पन्न गरेकामा पार्टीको केन्द्रीय निर्वाचन समितिलाई धन्यवाद दिएका थिए ।
समारोहमा महाधिवेशनबाट नवनिर्वाचित १३४ पदाधिकारी र सदस्यलाई समिति संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका थिए । समारोह लगत्तै आजै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend