Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • देउवाद्वारा पौडेल, सिटौला, निधि र सिंह केन्द्रीय सदस्यमा मनोनित !


    शनिबार, पुष १० २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलसहित चारजनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको छ । 

    स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा सो प्रस्ताव पेस गर्ने बताइएको छ । पौडेलसहित कृष्णप्रसाद सिटौला, प्रकाशमान श्रेष्ठ र विमलेन्द्र निधिलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिने स्रोतको भनाइ छ। 

    पौडेल हालै सम्पन्न पार्टीको १४ औँ महाधिवेशनको निर्वाचित प्रक्रियामा नै भाग लिएका थिएनन् भने सिटौला उम्मेदवार बनेनन् । श्रेष्ठ र निधि भने सभापतिको पदको उम्मेदवार रहेका थिए । तर उनीहरु पहिलो चरणको निर्वाचनमा पराजित हुन पुगेका थिए । दोस्रो चरणमा दुबैले सभापति देउवालाई समर्थन जनाएका थिए ।

    कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । केन्द्रीय समितिको पहिलो बैठक बस्नु अगाडि सभापति देउवाले ३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न लागेको स्रोतको भनाइ छ।

    कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने व्यवस्था उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार