Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले आज प्रमाणपत्र लिने


    शनिबार, पुष १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले आज प्रमाणपत्र लिने कार्यक्रम रहेको छ । निर्वाचित पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र वितरण कार्यक्रम  बिहान ११ बजे तय भएको छ । त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

     सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

    कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ। कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार