Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छिमेकी मुलुकसँग आँखामा आँखा जुधाएर कुरा गर्ने वातावरण सिर्जना गर्न चाहन्छौं: ईश्वर पोखरेल


    शुक्रबार, पुष ९ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमेकी मुलुकसँग आफूहरूले आँखामा आँखा जुधाएर कुरा गर्नसक्ने वातावरणको सिर्जना गर्न खोजेको बताएका छन् ।

    तिलक फिल्म प्रालिको पाँचौं वार्षिकोत्सवमा बोल्दै नेता पोखरेलले एमालेले छिमेकी देशसँगको सम्बन्ध बलियो बनाउन चाहेको बताएका छन् ।

    ‘यहाँ विदेशी सक्तीसामु लम्पसार पर्ने प्रवृत्ति छ । छिमेकीले कुनै गल्ती गर्दा हामी बोल्न सक्दैनौं । तर, एमाले त्यसका खिलाफमा छ । हामी आँखामा आँखा जुधाएर कुरा गर्नसक्ने स्थिति सिर्जना गर्न चाहन्छौं,’ उनले भने ।

    उनले अहिले नेपाली राजनीतिमा दुई धार रहेको धारणा राखेका थिए । एउटा जनताको पक्षमा काम गर्ने र अर्को कुर्सीको लागि मरिहत्ते गर्ने गरी दुई धार रहेको उनले बताए ।

    ‘हामी प्रगति चाहन्छौं । जनतालाई समृद्धिका सपना बाड्छौं । सोही अनुसार काम पनि गर्छौं,’ उनले भने, ‘अर्को गठबन्धन छ । जसले कहिले काम गर्दैन । सधैँ कुर्सीकै लागि मरिहत्ते गर्छ ।’

    उनले फरक प्रसंगमा बोल्दै कला, संस्कृतिको समृद्धिले मात्रै मुलुक समृद्ध हुनसक्ने बताएका थिए । राजनीतिले विखण्डन ल्याएमा त्यसको एकता गीत, संगीतले नै गर्ने उनले बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार