लमजुङ। नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनका लागि लमजुङबाट १३ जना छनाेट भएका छन् । १-१३ पुस काठमाडौंमा तय भएकाे माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्यसहित १३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका हुन् ।
सदस्य संख्याको आधारमा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनाेट हुनेमा जिल्ला समन्वय कमिटी संयोजक एवं गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी, नेता बुद्धिराम गुरुङसहित सरोश शर्मा र सुनिल सुनार छन् ।
केन्द्रीय सल्लाहकार ऋषिराम पौडेल, चित्रबहादुर कार्की (सिवी) र हिमकुमारी सुनार पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनाेट भएका छन् भने जेष्ठ नागरिक कम्युनिष्ट मञ्चका पूर्णबहादुर गुरुङ र युवराज पराजुली पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनाेट भएका छन् ।
माओवादी केन्द्र लमजुङका अनुसार जिल्लामा पार्टी सदस्य संख्याको आधारमा चार जना छनाेट भएका हुन् भने पार्टीको प्रदेश कार्यालय बैठकले थप दुईजना छनाेट गरेको हो । सो बाहेक नेकपा माओवादी प्रदेश कार्यालय बैठकले जिल्लाका सतिमाया तामाङ र मोहमद जलालद्धिन मियालाई राष्ट्रिय सम्मेलन प्रतिनिधीको रुपमा छनाेट गरेको हो ।
पार्टीको केन्द्रीय सदस्य समेत रहेका देवेन्द्र पराजुली र केन्द्रीय प्रतिनिधि पारसमणि पौडेल पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि भएका छन् ।
माओवादी केन्द्रले वडा, टोल, पालिका हुँदै प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । लमजुङमा पनि वडासहित जिल्लाका ८ वटा स्थानीय तहमध्ये सात वटामा नेतृत्व चयन भइसकेकाे छ । पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट लमजुङका १३ जना प्रदेश कमिटीमा चयन भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend