Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेतृत्व चयनको विषयमा कुरा नमिल्दा अनेरास्ववियू आरआरका विद्यार्थीबीच कुटाकुट


    बिहिबार, पुष ८ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् । कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार विहान कुटाकुट भएको हो ।

    कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीहरुबीच भनाभन पश्चात झडप भएको थियो । झडपमा परेर केही विद्यार्थी सामान्य घाइते छन् । झडपको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

    झडपपछि विस्तारित बैठक स्थगित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार