Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाधिवेशन उद्घाटन भएको १४ दिनमा बल्ल सकियो कांग्रेसमा मतगणना


    बिहिबार, पुष ८ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन सकिएको छ । 

    मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार साँझ सकिएको हो । 

    महाधिवेशन उद्घाटन भएको १४ औं दिनको दिन मतगणना सकिएको हो । कांग्रेसले मंसिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो । सभापतिको मतगणना त्यही गरेको कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो । सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

    कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो । 

    एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री सहित केन्द्रीय सदस्यका लागि मतदान भएको थियो । 

    सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन् । 

    पदाधिकारी र केन्द्रीय सदस्य अन्तर्गत विभिन्न क्लस्टर अनुसार भएको मतदानमा सभापति शेरबहादुर देउवा पक्षले बहुमत बढी पदमा जित हात पारेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार