Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस प्रदेश २ मा निधि र शेखरनिकट उम्मेदवार हराउन गृहमन्त्रीकै हस्तक्षेप, पैसाको चलखेल गरेको आरोप


    बिहिबार, पुष ८ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज बिहान मतदान हुँदैछ । निर्वाचन समितिले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो ।

    निधि पक्षले बुधबार मतदान गर्नुपर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो । प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र  देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् ।

    रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । निधि र शेखर पक्षका यादवलाई सभापतिमा हराउन र कृष्ण यादवलाई जिताउनका लागि गृहमन्त्री बालकृष्ण खाँण नै जनकपुरमा बसेर निर्वाचनमा चलखेल गरिरहेका छन् । निधि मंगलबारदेखि  जनकपुरमा बसी कृष्ण यादवलाई जिताउन साम, दाम र दण्डभेदको नीति अंगिकार गरी लागेका छन् ।

    २ हजार मतदाता रहेको प्रदेशको निर्वाचनमा देउवा पक्षीय कृष्ण यादवलाई जिताउनका लागि बुधबार राति करोडौं रकमको चलखेल भएको निधि–शेखर पक्षको आरोप छ । गृहमन्त्री खाँणले नै कृष्ण यादवको पक्षमा परिणाम पार्नका लागि रातभर आर्थिक चलखेल गरेको निधि–शेखर पक्षको आरोप छ ।

    महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार