Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान


    बिहिबार, पुष ८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार आज बिहान मतदान हुँदैछ ।

    निर्वाचन समितले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । 

    मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो ।

    निधि पक्षले बुधबार मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो । 

    प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र  देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ ।

    महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार