काठमाडौं । नेकपा एमाले सांसद, स्थायी समिति सदस्य एवं वागमती प्रदेश सह–इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गतेको छैठौ जिल्ला अधिवेशन भब्य बनाउन निर्देशन दिनुभएको छ ।
काठमाडौं क्षेत्र प्रदेश–९ ख कमिटिको आज सम्पन्न बुधबार पहिलो बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले जिल्ला अधिवेशनलाई पार्टीको १० औ महाअधिवेशनको झल्को दिनेगरी कार्यकर्ता उतार्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो–१० औ महाअधिवेशनमा जसरी जनलहर उत्रियो सोही जन लहर काठमाडौंमा उत्रनुपर्छ । पुर्वमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले आउदो निर्वाचन पछि नेकपा एमालेलाई एक नम्बरको पार्टी बनाउन सबै लागिपर्नुपर्ने बताउनुभयो ।
यो बैठकले जिल्ला अधिवेशनको तयारी शुरुवात भएको छ । अब सबैजनाले आ आफ्नो क्षेत्रबाट लाग्नुपर्छ । उहाँले अधिवेशनको पाटीृ अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिनुभयो । बैठकमा नेता श्रेष्ठले पार्टी महाधिवेशनमा भएको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । काठमाडौं जिल्लामा रहेका २० वटा कमिटी मध्य पहिलो बैठक राख्ने कमिटी प्रदेश २ ख भएको उहाको भनाई थियो ।
बैठकमा केन्द्रीय सदस्य सांसद विना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर एवं पार्टी केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले समसामयीक राजनीतिको बारेमा बोल्नुभएको थियो । बैठकमा प्रदेश सदस्य भगवान घले, गोपीचन्द्र कार्की, ईश्वर विडारी लगायतले केन्द्रीय सदस्यमा विजयी नेतालाई शुभकामना व्यक्त गर्नुभएको थियो । बैठक चन्द्रागिरी नगरका सचिव राजभाई महर्जनले सञ्चालन गर्नुभएको थियो ।
बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा अजयक्रान्ति शाक्य , विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश ख संयोजक एवं काठमाडौ जिल्ला सचिवालय सदस्य दीपक पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र ९ को संयोजक अवन्ती सिक्देलले स्वागत मन्तब्य राख्नुभएको थियो ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा भएको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend