Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोभलालच र भ्रमका कारण धर्म परिवर्तनको महारोग तीव्र गतिमा


    बुधबार, पुष ७ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले संगठितरुपमा लोभलालच र भ्रम सिर्जनामार्फत धर्म परिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेकोमा चिन्ता प्रकट गरेका छन् । 

    नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म, संस्कृति र परम्परा हो। स्वधर्मको रक्षा गर्नुपर्ने थापाको भनाइ छ। 

    थापाले बुधबार बिहान सामाजिक संजालमा भ्रम सिर्जना गरेर भइरहेको संविधान विपरितको धर्मपरिवर्तनको कार्य रोक्नेवारे सरकार किन मौन छ ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका छन्। 

    थापाले लेखेका छन्–’धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको छ। संगठितरुपमा लोभलालच र भ्रम सिर्जना गरेर भैरहेको संविधान विपरितको यो कार्य रोक्ने वारे सरकार किन मौन छ?प्रम @SherBDeuba को ध्यानाकर्षण गर्दछु। नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म,संस्कृति र परम्परा हो।स्वधर्मको रक्षा गरौँ।’

    kamal.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार