काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । यसअघि मंगलबार केही समय बसेर स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ।
आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।
सो बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने मंगलबार सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तो छ संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबारको बैठकको सम्भावित कार्यसूची:
१. राष्ट्रपतिको कार्यालयको पत्र सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।
२. प्रेम सुवालले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।
३. गृह मन्त्री बालकृष्ण खांणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
४. प्रेम सवालले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नुहुने।
५. गृहमन्त्री बालकृष्ण खाणले ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
६. प्रेम सुवालले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।
७. गृह मन्त्री बालकृष्ण खांणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
८. प्रेम सुवालले ‘रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने ।
९. भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend