Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा कोरनाको बारेमा बढी नै त्रास फैलियो


    बुधबार, फाल्गुन २८ २०७६
    580
    Shares
  • ३ मिनेट पाठ
  •  बासुदेब पौडेल

    काठमाडौं , फागुन २८ । आफुलाई चाहिएको भन्दा धेरै खाद्यान्न, ग्याँस सञ्चय गरेर राख्ने नेपालीको बानीको कारण बजारमा कृतिम अभाव देखिने गर्छ  । एउटै घरमा १५ वटासम्म ग्याँस सिलिन्डर, पाँच सात बोरा चामल तथा दाल  मौज्दात राख्ने चलन  छ । हामीमा मौज्दात राख्ने आफैमात्र खाउँ भन्ने भाबना भएकोले दैबिक बिपतिका बेलामा बजारमा कृतिम अभाव देखिने यो नौलो चलन भने होइन । 

    कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै उपभोक्ताले पछिल्लो एक सातादेखि दैनिक उपभोग्य वस्तु र अत्यावश्यक सामग्री खरिद गरी अनावश्यक मौज्दात राख्न थालेका छन् । उपभोक्ताले नियमित खपतभन्दा बढी वस्तु तथा सेवाको माग गर्दा बजारमा आपूर्ति व्यवस्थामा केही समस्या उत्पन्न हुन थालेको छ । बजारमा सर्जिकल मास्कको चरम अभाव देखिएको छ । त्यसैगरी, ग्यास खरिद गर्न उपभोक्ताको लाइन बस्नेको लाइन छ ।

     अन्य देशहरुमा यस्तो बिपतिका बेलामा मानिसहरु आफु आधापेट खाएर पनि अरुलाई बचाऊँ भन्नेतिर लाग्छन् , तर हामी भने आफुलाई चाहिएको भन्दा धेरै खाद्यान्न, ग्याँस सञ्चय गरेर राख्ने गछौं ।  

     नेपालमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै उपभोक्ताले पछिल्लो एक सातादेखि दैनिक उपभोग्य वस्तु र अत्यावश्यक सामग्री खरिद गरी अनावश्यक मौज्दात राख्न थालेका छन् । उपभोक्ताले नियमित खपतभन्दा बढी वस्तु तथा सेवाको माग गर्दा बजारमा आपूर्ति व्यवस्थामा केही समस्या उत्पन्न हुन थालेको छ । बजारमा सर्जिकल मास्कको चरम अभाव देखिएको त धरै भयो । तर हाल अन्य सामाग्री चामल, ग्यास, दाल लगायत अरु सामान पनि  खरिद गर्न उपभोक्ताको लाइन तथा ग्याँस डिपोहरुमा भिड देखिन थालेको छ ।

     २०७२ सालमा भारतले लगाएको आर्थिक नाकाबन्दीका बेला पनि हालको जस्तै गरि सक्नेले आफुलाई चाहिएको भन्दा धेरै खाद्यान्न, ग्याँस सञ्चय गरेर राखेकोले बजारमा हाहाकार उत्पन भएको थियो । नेपालमा कोरनाको बारेमा अलि बढि नै त्रास फैलाउने काम भइरहेको देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार