Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मतदान सकिँनै लाग्दा बाहिरिए देउवा


    मंगलबार, मंसिर २८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको दोस्रो चरणको मतदानको समय सकिँनै लाग्दा प्रधानमन्त्री एवं सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान स्थलबाट बाहिरिएका छन् । 

    सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि आज दिउँसो साढे तीनबजे बाट मतदान भइरहेको छ । 

    मतदान सुरु भएसँगै देउवा मतदान स्थलमा नै थिए । 

    मतदान सकिने केही मिनेट मात्र बाँकी रहँदा उनी बाहिरिएका हुन् । ९ बजे मतदानको समय सकिने निर्वाचन समितिले जनाएको छ । 
    दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार