Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुद्दाको पेसी गोलाप्रथाबाट तोक्न माग गर्दै आन्दोलन, इजलास बसेन


    मंगलबार, मंसिर २८ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी ।  जिल्ला अदालत राजविराज र उच्च अदालत जनकपुर-राजविराजमा मुद्दाको पेसी अनिश्चितकालका लागि स्थगित भएको छ । राजविराज उच्च अदालत तथा जिल्ला अदालत बार एसोसिएसनले आफूहरुको माग पूरा नभएको भन्दै इजलास बहिष्कार गरेपछि पेसी स्थगित गरिएको हो । 

    गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्न लगाउने लगायतका माग राखि विरोधका कार्यक्रमहरु गरिरहेका माग सम्बोधन नभएकाले पेसी स्थगन गरी आन्दोलनमा उत्रन बाध्य हुन परेको उच्च अदालत बार एसोसिएसनका सचिव मो. समिम अख्तर अलिले बताए ।

    न्यायपालिकाको सुदृढीकरण तथा जिल्ला अदालत र उच्च अदालतमा समेत गोलाप्रथाद्वारा मुद्दाको पेसी तोकिने व्यवस्था हुनुपर्ने लगायका माग शान्तिपूर्ण रुपमा आन्दोन गरिरहेको उनले बताए ।  मंसिर २० देखि २४ सम्म प्रदेश-२ अन्तर्गतका सबै जिल्ला तथा उच्च अदालतमा विरोध तथा आन्दोलनका कार्यक्रम गरिएको भए पनि सुनुवाइ नभएकाले उनले बताए । 
    अलिले माग पूरा नभएसम्म आफूहरुको आन्दोन जारी रहने बताए । 

    उच्च अदालत र जिल्ला अदालतको इजालासमा बन्दी प्रत्यक्षीकरण, थुनछेक, रिटको पहिलो सुनुवाइ, कारण देखाउ आदेश जारी हुने वा नहुने, मिलापत्र गर्ने तथा मुद्दा फिर्ता लिने कार्य र जग्गा रोक्का तथा फुकुवासम्बन्धि निवेदनको सुनुवाइ गर्ने कार्य बाहेकका मुद्दाको पेसी अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय भएको र त्यसलाई निरन्तरता दिएको जिल्ला बारका अध्यक्ष डोमन साहले बताए । 
    अदालतमा आन्दोन जारी रहँदा सेवाग्राही भने मर्कामा परेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार